१) अबू हुरैरह(रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको वुजु टुट्छ भने अल्लाह तआला उसको नमाजलाई स्वीकार गर्नु
हुन्न जबसम्म ऊ फेरी वुजु गर्दैन ।” “हदरे मौत” (एउटा ठाँउको नाम) बाट आएको एक
जनाले अबू हुरैरह (रजि) लाई सोध्यो “वुजु
टुट्नु भनेको के हो?” उहाँ (रजि.)ले भन्नुभयो, “दिसा गर्ने अंगबाट आवाजका साथ वा बिना आवाज हावा निस्कनु ।” (बुखारी र
मुस्लिम)
२)अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीहरू मध्ये कसैले आफ्नो पेटमा केही आभास गर्छ तर निश्चित छैन कि उसले हावा निकाल्यो कि निकालेन भने, ऊ मस्जिदबाट बाहिर ननिस्कोस् जबसम्म ऊ आवाज सुन्दैन वा गन्ध पाउँदैन” ।
(मुस्लिम)
३) इब्ने अब्बास (रजि.) भन्नुहुन्छ, “वीर्य (निस्केको अवस्थामा)
गुस्ल अनिवार्य हुन्छ र मजी (निस्केको अवस्थामा) आफ्नो गुप्ताङ्गलाई धुनु र वुजु
बनाउनु अनिवार्य हुन्छ ।” (बैहकी)
४) अली (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले भन्नुभयो, “व्युझेको अवस्था हावा निस्किने ठाँउलाई छोप्नु (हावा रोक्न सक्ने क्षमता हुने
अवस्था) हो । तसर्थ तिमीहरूमध्ये यदि कोही निदाँउछ भने व्युझे पछि उसले वुजु
बनाउनु अनिवार्य हुनेछ । “(अह्मद, अबू दाऊद, इब्ने माजा)
५) अनस (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) का सहाबीहरू (रजि.) ईशा नमाजको
प्रतिक्षामा हुन्थे । यहाँसम्म कि बस्दा बस्दा निद्राको कारणले उनीहरूको टाउको निहुरिन्थ्यो । उनीहरू (नमाज पढ्ने
समयमा) उठेर जान्थे र नयाँ वुजु नबनाइकन नमाज पढ्थे ।“(मुस्लिम, शाफई, अबू दाऊद, तिर्मिजी)
६) बुस्रह बिन्त सफ्वान (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जो कोही आफ्नो गुप्ताङ्गलाई छुन्छ उसले नयाँ वुजु नबनाइकन नमाज नपढोस् ।” ( मुस्नद अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
७) तल्क (रजि.) को भनाई छ, जो
व्यक्ति आफ्नो गुप्ताङ्गलाई छुन्छ, के ऊमाथि वुजु गर्नु अनिवार्य हुन्छ भनी एउटा व्यक्तिले अल्लाहका रसूल
(स.) लाई सोध्यो । उहाँ (स) ले भन्नुभयो, “होइन, त्यो त तिम्रो शरीरको एउटा अङ्ग हो । (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
८) इब्ने अबी दर्दा (रजी.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले बान्ता गर्नुभयो
अनि वुजु गर्नुभयो । (तिर्मिजी)
९) अबू मूसा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) नमाज
पढाउँदै हुनुहुन्थ्यो । एक जना अन्धो व्यक्तिले मस्जिदमा प्रवेश गर्यो र ऊ एउटा खाडलमा खस्यो । यो देखेर नमाजीहरू मध्ये धेरै जना
हाँसे । जो जो हाँसेका थिए तिनीहरूलाई अल्लाहका रसूल (स.) ले फेरि वुजु गरेर नमाज
दोहोराउने आदेश दिनुभयो ।” (तब्रानी, शरह मुअत्ता इमाम मुहम्मद)
No comments:
Post a Comment