१) नोमान बिन बशीर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले सूर्यग्रहणको समयमा त्यसरी नै नमाज पढाउनु भयो जसरी तिमीहरु पढ्छौ । उहाँ (स.) ले प्रत्येक रकअतमा एकपटक रुकू गर्नु हुन्थ्यो र दुई पटक सज्दा र अल्लाहसँग दुआ गर्नुहुन्थ्यो यहाँसम्मकि सूर्यग्रहण समाप्त हुन्थ्यो । (अह्मद, अबू दऊद, नसई, हाकिम)
२) आइशा
(रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) को समयमा सूर्यग्रहण भयो । उहाँ (स.)
मस्जिदतिर जानुभयो र “अल्लाहु अकबर भनेर नमाज सुरु गर्नु भयो । सहाबीहरु (रजि.)
उहाँ (स.) को पछाडि सफ बनाएर उभिए । उहाँ (स.) ले कुरआनको लामो पाठ
गर्नुभयो अनि उहाँ (स.) ले “अल्लाहु अक्बर” भनेर लामो रुकू् गर्नुभयो । जुन पहिलो
किराअतभन्दा छोटो थियो अनि उहाँ (स.) ले टाउको उठाउनु भयो र “समीअल्लाहु लिमन्
हमिदह्, रब्बना
लकल् हम्द” भन्दै उभिनुभयो । अनि फेरी उहाँ (स.) ले कुरआनको लामो पाठ गर्नुभयो जुन
पहिलो किराअतभन्दा छोटो थियो अनि उहाँ (स.) ले “अल्लाहु अकबर भनेर रुकू गर्नु भयो
जुन पहिलो रुकूभन्दा छोटो थियो अनि फेरी उहाँ (स.) ले “समिअल्लाहु लिमन् हमिदह, रब्बना
लकल् हम्द” भन्नुभयो अनि सज्दा गर्नुभयो । दोस्रो रकअतमा पनि उहाँ (स.) ले पहिलो
रकअत सरह नै गर्नुभयो । यहाँसम्मकि उहाँ (स.) ले चार रुकू र चार सज्दा पूरा
गर्नुभयो र नमाज सम्पन्न हुनुभन्दा पहिले नै सूर्याग्रहण समाप्त भयो अनि उहाँ (स.)
ले सबैजनालाई धर्मोपदेश दिनुभयो । अल्लाह तआलाको प्रशंसा पछि भन्नुभयो “सूर्य र
चन्द्र अल्लाह तआलाका निशानीहरुमध्येका दुईवटा निशानीहरु हुन् । यिनीहरुलाई कसैको
मृत्यु एवं जीवनको कारणले ग्रहण लाग्दैन । यदि तिमीहरु यिनीहरुलाई ग्रहण लागेको
देख्छौ भने अल्लाहको भय राख र नमाज पढ्न जाऊ ।”(बुखारी र मुस्लिम)
३) इब्ने
मस्ऊद (रजि.) भन्नुहुन्छ, सूर्यग्रहण भएपछि अल्लाहका रसूल (स.) ले नमाज
पढ्न सुरु गर्नुभयो । उहाँ (स.) ले सूरह बकरह जति लामो कियाम गर्नु भयो अनि लामो
रुकु गर्नुभयो अनि फेरी दोस्रो पटक कियाम गर्नुभयो जुन पहिलो कियामभन्दा छोटो थियो
। दोस्रो पटक लामो रुकू गर्नुभयो जुन पहिलो रुकूभन्दा छोटो थियो । उहाँ (स.) ले
सज्दाहरु गर्नुभयो । दोस्रो रकअतमा लामो कियाम गर्नुभयो जुन पहिलो कियाम भन्दा
छोटो थियो । अनि रुकू गर्नुभयो जुन पहिलो रुकूअ् भन्दा छोटो थियो । दोस्रो पटक
कियाम गर्नु भयो जुन पहिलो कियाम भन्दा छोटो थियो । दोस्रो पटक रुकू गर्नुभयो जुन
पहिलो रुकूभन्दा छोटो थियो अनि सज्दाहरु गर्नुभयो । जतिबेला नमाज सम्पन्न गरेर फर्कनु
भयो ग्रहण समाप्त भइसकेको थियो । उहाँ (स.) ले भन्नुभयो “सूर्य र चन्द्र अल्लाहका
निशानीहरूमध्येका दुई निशानीहरू हुन् । यिनीहरुलाई कसैको मृत्यु वा जीवनको कारणले
ग्रहण लाग्दैन । यदि तिमीहरु यसलाई ग्रहण लागेको देख्छौ भने अल्लाहको गुणगान गर ।”
(बुखारी र मुस्लिम)
No comments:
Post a Comment