१) जाबिर (रजि.) को भनाई अनुसार
अल्लाहका रसूल (स.) हामीहरुलाई सम्पूर्ण कामहरु (साधारण वा महत्वपूर्ण) मा
इस्तिखाराको दुआ यसरी सिकाउनुहुन्थ्यो जसरी पवित्र कुरआनको कुनै आयत सिकाउनु
हुन्थ्यो । उहाँ (स.) भन्नुहुन्थ्यो “यदि तिमीहरुमध्ये कोही कुनै काम गर्न इच्छुक छ
भने ऊ फर्ज बाहेकका दुई रकअतहरु पढोस् अनि यो दुआ गरोस् ।
اللَّهُمَّ إِنِّي أَسْتَخِيرُكَ بِعِلْمِكَ وَأَسْتَقْدِرُكَ بِقُدْرَتِكَ وَأَسْأَلُكَ مِنْ فَضْلِكَ الْعَظِيمِ فَإِنَّكَ تَقْدِرُ وَلَا أَقْدِرُ وَتَعْلَمُ وَلَا أَعْلَمُ وَأَنْتَ عَلَّامُ الْغُيُوبِ
اللَّهُمَّ إِنْ كُنْتَ تَعْلَمُ أَنَّ هَذَا الْأَمْرَ خَيْرٌ لِي فِي دِينِي وَمَعَاشِي وَعَاقِبَةِ أَمْرِي فَاقْدُرْهُ لِي وَيَسِّرْهُ لِي ثُمَّ بَارِكْ لِي فِيهِ وَإِنْ كُنْتَ تَعْلَمُ أَنَّ هَذَا الْأَمْرَ شَرٌّ لِي فِي دِينِي وَمَعَاشِي وَعَاقِبَةِ أَمْرِي فَاصْرِفْهُ عَنِّي وَاصْرِفْنِي عَنْهُ وَاقْدُرْ لِي الْخَيْرَ حَيْثُ كَانَ ثُمَّ أَرْضِنِي
"हे अल्लाह! म तिम्रो ज्ञानको माध्यमले भलाईको चाहना गर्दछु र तिम्रो शक्तिको माध्यमले शक्ति चाहन्छु । म तिमीसँग तिम्रो महान् अनुकम्पा माग्दछु किनकि तिमी सामथ्र्य राख्छौ र म सामथ्र्य राख्दिन । तिमी जान्दछौ र म जान्दिन र तिमी नै परोक्षको ज्ञाता हौ । हे अल्लाह ! यदि तिम्रो ज्ञान अनुसार यो काम मेरो दीन (इस्लाम), मेरो संसार र परिणामको हिसाबले उत्तम हो भने यसलाई मेरो लागि रोजिदेऊ र मेरो लागि यसलाई सहज बनाइदेऊ र मेरो लागि यसलाई मंगलमय बनाइदेऊ । यदि तिम्रो ज्ञान अनुसार यो काम मेरो दीन, संसार र परिणामको हिसाबले नराम्रो रहेको छ भने यसलाई मबाट र मलाई यसबाट टाढा गरिदेऊ र मेरो लागि भलाई जहाँ भए पनि रोजिदेऊ अनि त्यसमा सन्तुष्टि प्रदान गर ।"
र ऊ “हाजल् अम्र”
(यो काम) भन्दा आफ्नो आवश्यकताको नाम लेओस् ।” (बुखारी, अबु दाऊद तिर्मिजी, अह्मद, नसई, इब्ने माजा)
निष्कर्षः इमाम
नववी (रह.) भन्नुहुन्छ, “इस्तिखारा गरेपछि आफ्नो कामको जुन पक्षको पूर्ण
हृदयकासाथ इच्छा हुन्छ त्यसलाई गर्नुपर्छ तर कुनै यस्तो इच्छाको विश्वास गर्नुहुदैन
जुन उसले इस्तिखारा गर्नु भन्दा पहिले नै उसको मनमा उत्पन्न भइसकेको थियो ।
मानिसले शुद्ध मन र शुद्ध नियतका साथ अल्लाह समक्ष इस्तिखारा गर्नुपर्दछ र आफ्नो
मामिलालाई पूर्ण रुपले अल्लाहको अधिनमा दिनुपर्दछ ।”
No comments:
Post a Comment