१- जाबिर (रजि.) को
भनाई अनुसार अल्लाहका रसूल (स.) शौच गर्नको लागि टाढा जानु हुन्थ्यो । (अबू दाऊद)
२- अनस (रजि) को भनाई
अनुसार अल्लाहका रसूल (स.) को हातमा एउटा औँठी थियो जसमा “मुहम्मद रसूलुल्लाह” कुँदिएको थियो
(खोपिएको थियो) । उहाँ (स.) शौचालय जाँदा त्यस औँठीलाई फुकालेर राखिदिनु हुन्थ्यो ।
(मुस्लिाम, अबू दाऊद, तिर्मिजी, नसई)
३- अबू सईद खुद्री (रजि.) भन्छन् कि
उनले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुने, “दुई जनाले शौचालय जाँदा यसरी सँगै जानु हुदैन कि जब
उनीहरू शौच गर्छन् सँगसँगै कुराकानी पनि गर्छन किनकी अल्लाहलाई यसो गरेको मन पर्दैन ।”
(मुस्नद अह्मद, अबू दाऊद, इब्ने माजा)
४- अब्दुल्लाह बिन उमर
(रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) पिसाब फेर्दै हुनुहुन्थ्यो । एउटा
मान्छे उहाँ (स.) को नजिकबाट गयो र उहाँ (स.) लाई सलाम गर्यो तर उहाँ (स.) ले
उसको सलामको जवाफ दिनु भएन । (मुस्लिम, तिर्मिजी, अबू दाऊद, नसई, इब्ने माजा)
५- अबू हुरैरह (रजि.)
को भनाई अनुसार, अल्लाहका रसूल (स.)
ले भन्नु भयो, “यदि तिमीहरूमध्ये कोही
शौच गर्न बस्छ भने न किब्ला (कअबा) तिर अनुहार फर्काओस् र नढाड ।” (मुस्लिम, मुस्नद इमाम अह्मद)
६- अब्दुल्लाह बिन उमर
(रजि.) को भनाई छ, “एक चोटी म हफ्सा (रजि.) को घर गएँ अनि देखें कि अल्लाहका
रसूल (स.) सिरिया तिर अनुहार र काबा तिर ढाड फर्काएर शौच गर्दै हुनुहुन्थ्यो ।”
(बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई इब्ने माजा)
७- अबू मूसा (रजि.) को भनाई अनुसार
अल्लाहका रसूल (स.) एउटा पर्खालको नजिक
जानु भयो र नरम ठाँउ हेरेर पिसाब गर्नु भयो, पछि भन्नु भयो, “यदि तिमीहरूमध्ये कोही पिसाब गर्छ भने नरम ठाउँ खोजेर
गरोस् । ” (मुस्नद अह्मद, अबू दाऊद)
८- अब्दुल्लाह
(रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले कुनै पनि जनावर वा किरा बस्ने
प्वालमा पिसाब गर्नबाट मनाही गरेका छन् । (मुस्नद इमाम अह्मद, अबू दाऊद, नसई, हाकिम, बैहकी, इब्ने खुजैमा)
९-अबू हुरैरह
(रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “दुईवटा कार्यबाट बच
जुन श्रापको कारण बन्नेछ । “सहाबीहरू (रजि.) ले सोधे, “हे अल्लाहका रसूल !
ती दुईवटा कार्य कुन हुन ? ” उहाँ (स.) ले भन्नु भयो, “ मानिसहरू बस्ने र
हिँड्ने ठाँउमा दिसापिसाब गर्नु । (मुस्लिम, मुस्नद इमाम अह्मद, अबू दाऊद)
१०- अब्दुल्लाह बिन
मुगफ्फल (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “ तिमीहरूमध्ये कोही
पनि नुहाउने ठाउँमा पिसाब नगरोस् । ” (अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई)
११- जाबिर (रजि.)
को भनाई अनुसार अल्लाहका रसूल (स.) ले बग्ने पानीमा पिसाब गर्न मनाही गर्नुभएको छ । (अहमद्, मुस्लिम, नसई, इब्ने माजा)
१२- जबिर (रजि.) को
भनाई अनुसार अल्लाहका रसूल (स.) ले जमेको पानीमा पिसाब गर्न मनाही गर्नुभएको छ । (मुस्लिम, अह्मद, नसई, इब्ने माजा)
१३- आइशा (रज.) को भनाई
छ, उहाँ भन्नुहुन्छ, “जो तिमीलाई भन्छ कि
अल्लाहका रसूल (स.) ले उभिएर पिसाब गर्नु भयो भने उसको कुरा नमान । उहाँ (स.) त
बसेर मात्र पिसाब गर्नु हुन्थ्यो । ” (अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई)
१४- हुजैफा (रजि.) को
भनाई अनुसार अल्लाहका रसूल (स.) फोहोर थुप्रिएका ठाउँमा जानु भयो र त्यहाँ उभिएर
पिसाब गर्नु भयो । ” (बुखारी, मुस्लिम, अबू दाऊद, अह्मद, तिर्मिजी, इब्ने माजा, नसई)
१५- आइशा (रजि.) को
भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरूमध्ये कोही दिसापिसाब गर्न जान्छ भने उसले
तीनवटा ढुङ्गाले इस्तिन्जा (दिसापिसाब गरिसकेपछि पवित्रता प्राप्त गर्नु) गरोस्
किनकी यो पर्याप्त रहेको छ ।” (अह्मद, अबू दाऊद, नसई, दार कुत्नी)
१६- अनस (रजि.) को भनाई
छ, उहाँ भन्नु हुन्छ
कि अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरू मध्ये कोही दिसापिसाब गर्न जान्छ भने
उसले तीनवटा ढुङ्गाले इस्तिन्जा गरोस् किनकी यो पर्याप्त रहेको छ ।” (अहमद्, अबू दाऊद, नसई, दार कुत्नी)
१७- अनस (रजि.) को भनाई
छ, उहाँ भन्नु हुन्छ
कि अल्लाहका रसूल (स.) शौचालयमा प्रवेश गर्नु हुन्थ्यो र म बाहिर अर्को एक जना
केटासँग पानीको भाँडा र भाला बोकेर उहाँ (स.) को लागि जान्थे र उहाँ (स.) पानीले
इस्तिन्जा गर्नुहुन्थ्यो ।” (बुखारी र मुस्लिम)
१८- अबू हुरैरह (रजि.)
को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यो आयत ‘कुवा’ वालाहरूको विषयमा (कुवामा बस्ने मानिसहरूको
विषयमा) अवतरित गरिएको हो । “त्यसभित्र यस्ता मानिसहरू छन् जो अति पवित्र रहन मन
पराउँछन् र अल्लाह पनि पवित्र रहनेहरूलाई मन पराउँछन् । (सूरह अल्–तौबा: १०८) अबू हुरैरह् (रजि.) भन्छन्, यिनीहरू (कुवावालाहरू)
पानीले इस्तिन्जा गर्दथे । यसै कारणले यो आयत उनीहरूको विषयमा अवतरित गरिएको हो ।
“(अबू दाऊद, तिर्मिजी, इब्ने माजा) इब्ने
अब्बास (रजि.) भन्छन् कि जब यो आयत अवतरित भयो अल्लाहका रसूल (स.) ले
कुवावालाहरूलाई सोधे । उनीहरूले भने, हामी पानीले इस्तिन्जा गर्नु भन्दा पहिले ढुङ्गा
प्रयोग गर्छौं ।” (बज्जार)
१९- सलमान फार्सी (रजि.) केही मुश्रिकहरू(बहुदेववादिहरू)
ले ठट्टा गर्दै भने, “तिमीहरूको नबी (मुहम्मद(स.)) ले तिमीहरूलाई सबै थोक
सिकाएका छन् यहाँसम्मकि दिसापिसाब गर्नु पनि सिकाएका छन् ।” सलमान (रजि.) ले जवाफ
दिए, “हो, हाम्रा नबी (स.) ले हामीलाई
दिसापिसाब गर्दा किब्ला (कअ्बा) तिर अनुहार वा पिठ्यूँ फर्काउन, दाहिने हातले
इस्तिन्जा गर्न र हामीहरूमध्ये कसैलाई पनि तीनवटा ढुङ्गाले इस्तिन्जा गर्न मनाही
गरेका छन् । र अपवित्र बस्तुले वा हड्डीले इस्तिन्जा गर्न पनि मनाही गरेका छन् ।”
(मुस्लिम, अबू दाऊद, तिर्मिजी)
२०- अबू हुरैरह (रजि.)
को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “जो इस्तिन्जाको लागि) ढुङ्गा प्रयोग गर्छ उसले
बिजोरवटा ढुङ्गा प्रयोग गरोस् । जो यसो गर्छ ऊ राम्रो काम गर्छ र जो यसो गर्देन
यसमा कुनै आपत्ति छैन ।” (अह्मद, अबू दाऊद, इब्ने माजा)
२१- अबू हुरैरह (रजि.)
को भनाई अनुसार जब अल्लाहका रसूल (स.) शौचालय जानुहुन्थ्यो म पीतलको भाँडोमा पानी
लिएर उपस्थित रहन्थे । उहाँ (स.) इस्तिन्जा गर्नु हुन्थ्यो अनि जमिनमा हात रगड्नु
हुन्थ्यो । (अबू दाऊद, नसई, बैहकी, इब्ने माजा)
२२- जैद बिन हारिसा
(रजि.) को भनाई अनुसार जब शुरु–शुरुमा जिब्रईल (अ.) अल्लाहका रसूल (स.) समक्ष
अल्लाहको सन्देश लिएर आए र उहाँ (स.) लाई वुजु र नमाजको तरिका सिकाए । वुजु पछि
अल्लाहका रसूल (स.) ले एक अँजुली पानी लिएर आफ्नो गोप्य अङ्गमाथि छर्कनु भयो । (अह्मद, दार कुत्नी)
२३- आइशा (रजि.) को भनाई
अनुसार जब अल्लाहका रसूल (स.) शौचालयबाट बाहिर आउनु हुन्थ्यो तब “गुफ्रानक” भन्नुहुन्थ्यो । (अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा)
२४- उमर (रजि) भन्छन्, एक चोटी अल्लाहका रसूल (स) ले मलाई
उभिएर पिसाब गरेको देख्नुभयो । उहाँ (स) ले भन्नुभयो, "हे उमर ! उभिएर
पिसाब नगर ।" त्यसपछि मैले कहिले पनि उभिएर पिसाब गरिनँ । (तिर्मिजी)
No comments:
Post a Comment